नियम
प्रभोष्ट मार्शल

(१) प्रधान सेनापतिले जंगी अड्डा अन्तर्गत रहेको केन्द्रीय सैनिक प्रहरी गुल्मको पतिको रुपमा प्रभोष्ट मार्शलको नियुक्ति गर्न सक्नेछ ।

(२) प्रभोष्ट मार्शलले कार्यरथी विभागको विभागीय प्रमुखको नियन्त्रण र निर्देशनमा रही काम गर्नु पर्नेछ ।